Sunday, August 28, 2016

Samsung-Note 7

Samsung Note 7
Realeasing this Months with
a high technology.
सामसुङको नोट सेभेन

सामसुङले आफ्नो नोट सिरिजअन्तर्गत नोट सेभेनलाई सार्वजनिक गर्दैछ । आइरिस स्क्यान प्रविधि युक्त यो सेटमा रहेको एपले प्रयोगकर्ताको आँखा पहिचान गरेर मोबाइल सेटलाई लक गर्छ । मोबाइल प्रविधिमा यो एप्लिकेसन प्रयोग भएको यो पहिलो सेट हो ।कर्भ स्क्रिन युक्त यो सेटलाई प्रयोगकर्ताले एकै हातले चलाउन मिल्ने किसिमले बनाइएको छ भने यसको स्क्रिन साइज ५ दशमलव ७ इन्च छ । रियो ओलम्पिकका लागि सीमित सेट बजारमा उतारिएको नोट ७ अन्तर्राष्ट्रिय बजारमा भने भदौ ३ गतेपछि उपलब्ध हुन


हाल सामसुङको ग्यालेक्सी सिरिजमा पनि एस सेभेन चलिरहेकाले सोसँग मेल खाने नोट सिरिजमा पनि सेभेन ल्याइएको हो । यसमा ५.७ इन्चको डुअल एज कभ्र्ड डिस्प्ले राखिएको छ भने पहिलो पटक भच्र्युअल बेजेल फ्री सुविधा पनि उपयोग गर्न पाइने भएको छ
नोट सेभेन हेर्दा ग्यालेक्सी एस सेभेनजस्तै देखिन्छ । तर, यसको स्क्रिनले गर्दा फरक पनि छ । यसमा ग्यालेक्सी सिरिजका उच्च तहका प्रिमियम सेटहरूमा राखिने अधिकांश फिचरहरू राखिएका छन् भने नयाँ फिचर पनि थप गरिएका छन् ।
यो स्मार्टफोन हेर्दा फोन र ट्याबलेटको हाइब्रिड भर्सनजस्तै देखिन्छ । यो स्मार्टफोनमा ५.७ इन्चको डुअल एज कभ्र्ड सुपर एमोलेड डिस्प्ले राखिएको छ, जसको रिजोलुसन क्छ । एन्ड्रोइडको पछिल्लो भर्सन मार्समेल्लो ६.०.१ भर्सनमा सञ्चालन हुने यो डिभाइसमा हालै एन्ड्रोइडले नाम जुराएको नुगट अपडेट गर्न सकिनेछ ।
यो स्मार्टफोन एस सेभेन लाइन अपजस्तै गियर भिआरसँग सीमित अवधिका लागि बन्डल गरिनेछ भने नोट सेभेनको खरिदमा गियर फिट टु स्मार्ट ब्यान्ड अथवा २५६ जीबीको माइक्रो एसडी कार्ड प्राप्त गर्न सकिनेछ । साथै यसमा आइरिस स्क्यानर पनि छ ।
यसको विश्व बजारमा बिक्री अगस्ट १९ देखि मात्र सुरु हुनेछ । यद्यपि प्रि–अर्डर भने खुला गरिएको छ । यो स्मार्टफोनको मूल्यको बारेमा भने अझै पनि कम्पनीले केही जानकारी दिएको छैन । सामसङ मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता आईएमएसका अनुसार एक महिनाभित्र नोट सेभेन नेपाली बजारमा उपलब्ध हुनेछ ।
अन्तरराष्ट्रिय बजारमा मूल्य तय भए पनि नेपाल ल्याउँदा भन्सार र विभिन्न करहरू तिर्नुपर्ने भएकाले मूल्य निश्चित भइनसकेको कम्पनीले जनाएको छ ।
सामसुङ नोट सेभेनका मुख्य विशेषता
प्रोसेसर
अक्टा कोर एक्सनोज ८८०० प्रोसेसर र क्वाड कोर स्न्यापड्रयागन ८२० चिपसेट गरी दुई किसिमका प्रोसेसर जडित नोट सेभेन विश्व बजारमा उपलब्ध छ । अमेरिका, चीन र जापानका बजारमा स्न्यापड्रयागन र अन्य मुलुकमा एक्सनोज चिपसेट प्रयोग गरिएका नोट सेभेन बिक्रीका लागि पठाउने कम्पनीले जनाएको छ ।
स्टोरेज
नोट सेभेनमा ग्यालेक्सी एस सेभेन सिरिजकोमा जस्तै ४ जीबीको ¥याम छ । फोनमा ६४ जीबीको इन्टरनल स्टोरेज छ, जुन सामसङले स्मार्टफोनमा पहिलो पटक आन्तरिक स्टोरेजको रूपमा प्रयोग गरेको डिभाइस हो । माइक्रो एसडी कार्डद्वारा बढाएर २५६ जीबीसम्म पु¥याउन सकिन्छ ।
क्यामरा
यसमा १२ मेगापिक्सेल भएको डुअल पिक्सेल अटो फोकस रियर क्यामरा राखिएको छ भने सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ ।
ब्याट्री
यो स्मार्टफोनमा ३५ सय एमएएचको ब्याट्री छ, जुन यसको अघिल्लो संस्करण नोट फाइभभन्दा ठूलो हो । ग्यालेक्सी नोट सेभेनमा छिटो चार्ज गर्न सहयोगी हुने यूएसबी टाइप सी पोर्ट राखिएको छ ।
एस पेन स्टायलस
नोट सेभेनको अर्को विशेषता भनेको यससँग आउने एस पेन स्टायलस हो । यसमा स्क्रिन अफ मेमो राखिएको छ, जसले फोन लक भएको बेलामा पनि एस पेन त्यसको स्लटबाट झिकेर नोट लेख्न सकिन्छ ।
त्यसैगरी ‘अल्वेज अन’ डिस्प्ले फिचरमा नोट पिन गर्न सकिने सुविधा पनि यसमा छ । यसमा अर्को नयाँ ट्रान्सलेट फिचर इन एयर कमान्ड राखिएको छ, जसले विदेशी शब्दहरूलाई आफ्नो मन परेको भाषामा रूपान्तर गर्न सकिन्छ ।
वाटरप्रुफ
नोट सेभेनले आईपी ६८ रेटिङ सर्टिफिकेट प्राप्त गरेको छ । यो स्मार्टफोन एक मिटरसम्म पानीमुनि लैजाँदा पनि पानीले भिज्दैन । यसको एस पेनले पनि पानीमुनि गएर लेख्न सकिन्छ ।
साभार : कारोबार अनलाइन